Posts

Grade 9 Nepali All Exercise ||Helper post Education ||9 Nepal

Image
यात्रा सुरु गरौँ शाराशं कवि दुबसु क्षेत्री द्धारा लिखित कवितामा कविले विभाजित भएर होइन, एकताबद्ध भएर समयको माग अनुसार अघि बढ्नुपर्ने महत्त्वपुर्ण विचारलाई प्रस्तुत गरिएको छ । कवितामा सम्पुर्ण जातजाती, धर्म, संकृति भएको नेपालीहरुको  एकताबद्ध भई अघि बढ्न आह्वान गरिएको छ । आज  सबै जात, धर्म, संस्कृति मान्ने नेपालीहरु विभाजित भइ आपसमा वैपनस्यता साँध्नुको सटट पुर्खाको आदर्शलाई पछ्याउँदै र सहधर्मको यात्रा गर्दै अघि बढ्नुपर्छ । देशलाई अग्रगमनतर्फ डो¥याउन र नव निर्माणको यात्रा प्रारम्भ गर्न समय एकदमै अनुकूल बनेकाले कविले आफ्ना सकारात्मक सन्देशहरु प्रवाहित गरेको छन् । कठोर यात्रा पार गरी आज हाम्रो देश नेपाल नयाँ युगमा परिवर्तन भएको छ । नेपालीहरुले सजाएका मुल सपनाहरु शान्ति र समृद्धि हुन् । यसका लागि सबै नेपालीहरुले एकताबद्ध भई सह अस्तित्व, सहकार्य, सहिष्णुता र नव निर्माणको यात्रा तयार गरी नेपालीहरुका सपना साकार हुन सक्ने विश्वास कविले व्यक्त गरेका छन् । कविताले धर्म, संस्कृति, क्षेत्र, जात, जाति, भाषा भाषी सम्बन्धी  सकारात्मक सन्देशहरु दिन खोजेको छ । पहाड, हिमाल वा मधेसको नारा दिएर व